दमौली : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधन प्रक्रियामा देखिएको विवाद तीन ठूला दल मिलेर समाधान खोज्नुपर्ने बताएका छन्।
जिल्ला स्वास्थ्य कार्यालय तनहुँको नयाँ बन्ने भवनको शिलान्यास गर्न दमौली पुगेका उनले– संविधान संशोधन विधेयक दर्ता भइसकेकाले सबै मिलेर टुङ्ग्याउनुपर्ने बताए ।
संविधान संशोधन दर्ता गर्दा ५ नम्बर प्रदेशमा केही तलमाथि परेको विषयलाई लिएर आन्दोलन गारिरहनुभन्दा एमालेले वार्ता र संवादको बाटो खोज्नुपर्नेमा सल्लाह समेत दिए।