PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

२० लाख धरौटी लिएर सशस्त्रका पूर्व एआइजीपी भट्टराईलाई रिहा गर्ने आदेश



रासस

काठमाडौँ : विशेष अदालतले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरिएका सशस्त्र प्रहरी बलका पूर्वअतिरिक्त महानिरीक्षक ऋषिदेव भट्टराईलाई आज धरौटीमा रिहा गर्ने आदेश दिएको छ । 

न्यायाधीश भूपेन्द्रप्रसाद राई र नरेन्द्रकुमार शिवाकोटीको इजलाशले रु २० लाख बुझाएर उनलाई रिहा गर्न आदेश दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईलाई मङ्गलबार रु एक करोड ९१ लाख भ्रष्टाचारको दाबीसहित मुद्दा दायर गरेको थियो। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell