PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

अन्तरजातीय बिहे गरेकी महिला तीन महिनादेखि गायब, माइती पक्षले गर्‍यो हत्याको आशंका



रासस

पाल्पा : अन्तर्जातीय विवाह गरेकी २४ वर्षीय बिन्दु पुलामी करिब तीन महिनादेखि बेपता भएकी छन्। गत दसैँदेखि बेपत्ता हुँदासमेत श्रीमान् र घरपरिवारले बेवास्ता गरेको माइती पक्षको आरोप छ।
 
माइती पक्षले खोजी गरी पाऊँ भनी प्रहरीसमक्ष निवेदन दिएपछि घटना सार्वजनिक भएको हो। हेक्लाङ गाविस–६ की पुलामीको ताहुँ गाविस–७ का २५ वर्षीय दीपेन्द्र बस्यालसँग २०६९ सालमा अन्तर्जातीय विवाह भएको थियो।
 
बिन्दुका बुबा नरेन्द्र पुलामीले छोरी बेपता भएपछि खोज्न आग्रह गरे पनि घरपरिवारबाट बेवास्ता गर्नुका साथै धम्की समेत आएको बताए।
 
अन्तिमपटक सोमबार गाउँमा भएको छलफलपछि ज्वाइँ दीपेन्द्र नै सम्पर्कविहीन भएकाले प्रहरीमा निवेदन दिएको उनको भनाइ छ। दीपेन्द्र पाल्पाका जिल्ला शिक्षा कार्यालयका ओभरसियर हुन्।
 
माइती पक्षले बिन्दुको हत्या भएको हुन सक्ने आशङ्का गरेर खोजीका लागि प्रहरीसमक्ष निवेदन दिएकाले प्रहरी उपरीक्षक हरिराज वाग्लेले निवेदनका आधारमा अनुसन्धान अघि बढाइएको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell