PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

ओरालोमा ब्रेकफेल, बुटवल-तम्घास जाँदै गरेको माइक्रोबसका एक यात्रुको मृत्यु, ११ घाइते



रासस

पाल्पा : अर्गली गाविस–९, कमलपोखरी नजिकै आज साँझ भएको माइक्रोबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। 

गुल्मी मुसीकोटका ५२ वर्षीय वसन्तबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। बुटवलबाट गुल्मीको तम्घास जाँदै गरेको लु १ ज २४४८ नं को माइक्रोबस दुर्घटना हुँदा दुर्घटनामा ११ यात्रु घाइते भएका छन्।

ओरालोमा ‘ब्रेकफेल’ हुँदा माइक्रोबस दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइेतको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज तथा टिचिङ हस्पिटल लिमिटेडमा उपचार भइरहेको ट्राफिक प्रहरी प्रमुख प्रवीण आचार्यले जानकारी दिए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell