राजविराज : जिल्ला प्रशासन कार्यालय सप्तरीमा आज फेला परेको प्रेसरकुकर बम निष्क्रिय पारिएको छ ।
कृष्णगण दल राजविराजका सहसेनानी आशिष तामाङ नेतृत्वमा गएको नेपाली सेनाको टोलीले बम निष्कृय पारिएको हो । जिल्ला प्रशासन कार्यालय अगाडिपट्टि प्रेसरकुकर बम फेला परेको थियो ।
यसैबीच जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्तिमोर्चा (क्रान्तिकारी)ले उक्त बम राखेको जिम्मा लिएको छ । रासस