PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

मधेस-थरुहट आन्दोलनका ७४ मुद्दा सरकारले फिर्ता गर्‍यो



रासस

काठमाडौं : सरकारले तराई–मधेस र थरुहट आन्दोलनका क्रममा लागेका जम्मा २०८ मुद्दामध्ये ७४ मुद्दा प्रचलित कानुनबमोजिम मुद्दा नचल्ने गरी सम्बन्धित निकायबाट निर्णय भएको जनाएको छ।
 
यसबाहेक २२ मुद्दामा पूर्णसफाइ भइसकेको र पाँच मुद्दामा प्रचलित कानुनबमोजिम कागज मात्र गराई छोडिएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
 
त्यस्तै १३ मुद्दाको फर्छ्यौट भएको र बाँकी ९४ मुद्दा फर्छ्यौट सम्बन्धमा आवश्यक कारबाही भइरहेको मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell