PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

बागमती सफाइमा फोटो पत्रकार, अभियानबाट लीलामणि पौडेललाई बिदाइ गरियो



रासस

बागमती सफाइमा फोटो पत्रकार, अभियानबाट लीलामणि पौडेललाई बिदाइ गरियो

काठमाडौँ : सधैंभरि अरुको फोटो खिचेर समाचारमार्फत प्रकाशन र प्रशारण गर्न लागिपर्ने फोटो पत्रकार यसपटक आफैँ बागमती सरसफाइमा जुटे।
 
हरेक शनिबार आयोजना हुने बागमती सरसफाइ कार्यक्रम अन्तर्गत १८३औँ हप्तामा चलिरहेको सरसफाइमा सहभागी हुन राष्ट्रिय फोटो पत्रकार समूहको आह्वानमा विभिन्न सञ्चारमाध्यम तथा स्वतन्त्र रुपमा फोटो पत्रकारिता गर्ने करिब दुई दर्जन फोटो पत्रकार बागमती सरसफाइका लागि पुगेका थिए।
 
उनीहरुले पशुपतिको उत्तरपट्टी रहेको गुहेश्वरी मन्दिर अगाडि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत अन्य समाजिक सङ्घ संस्थासँगै सरसफाइ गरे।
 
त्यस क्रममा बगमती सरसफाइ अभियानका अभियान्ता एवम् चीनका लागि नवनियुक्त राजदूत लिलामणि पौडेल, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टन्डन, सांसद रामेश्वर फुँयाल लगायतले फोटो पत्रकारले विगतमा फोटो मार्फत् सामाजिक सेवा गरेको भए पनि यसपटक आफैँ सरसफाइमा आउँदा यसले समाजमा अत्यन्तै सकारात्मक सन्देश प्रवाह हुने बताएका थिए।
 
त्यस क्रममा बागमती सरसफाइ अभियानका मुख्य अभियन्ता पौडेललाई यो शनिबारदेखि बागमती सरसफाइ अभियानबाट बिदाइ समेत गरिएको छ। उनी चीनका लागि राजदूत नियुक्त भएपछि आजैदेखि यो अभियानबाट बिदाइ गरिएको हो। त्यस अवसरमा विभिन्न सङ्घ संस्थाले उनको सामाजिक अभियानको उच्च कदर गर्दै बागमती नदीतटमै सम्मानपत्र प्रदान गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell