PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

सुत्केरी आमाको मृत्युपछि दुई नाबालक छोरीहरु किरिया बसे



रासस

सुत्केरी आमाको मृत्युपछि दुई नाबालक छोरीहरु किरिया बसे

तम्घास (गुल्मी) : गुल्मीको पुर्कोटदह गाविसमा सुत्केरी आमाको मृत्युपछि दुई छोरी किरिया बसेका छन्।
 
पुर्कोट दह– १ का दुर्गाप्रसाद भुसालकी पत्नी दुर्गा कुमारीको मृत्यु भएपछि किरियामा बसेका दुई छोरीले दागबत्ती पनि दिएका थिए।
 
कात्तिक २० गते सुत्केरी भएकी २६ वर्षकी दुर्गा कुमारी २३ गतेदेखि बिरामी परेकी थिइन्। मङ्सिर ३ गते उपचारको क्रममा उनको मृत्यु भएको थियो।
 
‘प्रसूति अवस्थामा पक्षघातले समेत थला पारेपछि उनको मृत्यु भएको हो,’ दर्गाकुमारीका छिमेकी तथा स्थानीय शिक्षक बोमबहादुर कुँवरले भने, ‘अहिले १३ वर्षकी सङ्गीता र ११ वर्षकी रमिता उनको किरिया बसेका छन्।
 
गाउँलेकै सल्लाहअनुसार श्रीमानलाई किरिया नबसालेर छोरीलाई किरिया बसालिएको हो। ८ र ६ वर्षका अरु दुई छोरीलाई भने सानै भएको कारणले किरियामा नराखिएको उनले बताए।
 
आर्थिक अभावका कारण उनलाई उपचार गर्न नलगिए पनि सिकिस्त अवस्थामा भने अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र त्यहाँबाट बुटवल पुर्‍याइए पनि बढी खर्च लाग्ने भएपछि परिवारका सदस्यले उपचारमा सहयोग जुटाउन सकेनन्।
 
अहिले ती छोरीहरुको अध्ययनमा सहयोग पुर्‍याउन रकम सङ्कलन भइरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell