PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

अख्तियारका थप चार आयुक्तको नियुक्ति पनि कानुनसम्मत नभएको भन्दै रिट दायर



रासस

काठमाडौँ : सर्वोच्च अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका चार आयुक्तको नियुक्ति संविधानले तोकेको योग्यतानुसार नभएको भन्दै आज रिट निवेदन दायर भएको छ । 

अधिवक्ता दक्षबहादुर क्षेत्रीले आयोगका आयुक्त दीप बस्न्यात, नवीनकुमार घिमिरे, गणेशराज जोशी र सावित्री थापा गुरुङको नियुक्ति कानुनसम्मत नभएको भन्दै निवेदन दायर गरेका हुन्। 

रिट निवेदनमा संविधानले तोकेको कानुन, राजस्व, लेखा सङ्कायमा २० वर्षको योग्यता हुनुपर्ने उल्लेख भएको तर आयोगका चार आयुक्तमा सो योग्यता नभएको जिकिर गरिएको छ। आयोगका निलम्बित प्रमुख आयुक्तविरुद्ध नियुक्तिकै विषयलाई लिएर दिइएको मुद्दासँगै अदालतमा आज अरु चार जनाको पनि नियुक्तिका विषयमा पनि प्रश्न उठाइएको हो। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell