काठमाडौँ : नेकपा (माओवादी क्रान्तिकारी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ले अहिलेको संविधानले कसैको पनि उचित सम्बोड्ढन गर्न नसकेकाले संशोधन होइन खारेज गर्नुपर्ने बताएका छन्।
आज काठमाडौँमा जनाधिकार अभियान नेपालको आयोजनामा भएको ‘विस्तृत शान्ति सम्झौताः सविधान र राजनीतिक दिशा’ विषयक अन्तर्क्रियामा उनले शान्ति सम्झौता गलत ढङ्गबाट भएको भन्दै यसमा हालको माओवादी केन्द्रको मात्र दोष भएको र सम्झौताले जनता र क्रान्तिकारीहरुलाई धोका दिएको आरोप लगाए।
अहिलेको अस्थिर अवस्थाका कारक नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्र भएको पनि उनले जिकिर गरे।
नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनताको प्रतिनिधित्व गराउँदै गरिएको शान्ति सम्झौतालाई विषयान्तर गराइएको आरोप लगाए।
काँगेस र एमालेले माओवादीका ठूला नेतालाई मिलाएर विवादको स्थिति ल्याएको उनले बताए। शान्ति सम्झौता गलत तरिकाबाट ल्याइएको भन्दै महासचिव चन्दले सम्झौताले प्रचण्ड र डा बाबुराम भट्टराईलाई एक स्थानमा पुर्याए पनि अरुलाई भने निकै पछाडि छाडेको धारणा राखे।
राससको सहयोगमा