PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

सार्वजनिक सवारीबाट २१ लाख मूल्य बराबरका सामान फेला



रासस

काठमाडौँ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७३/०७४ मा सार्वजनिक सवारीमा छोडिएका २१ लाख ६४ हजार मूल्य बराबरको सामान फेला पारेको छ।
 
महाशाखाले साउनदेखि कात्तिकसम्म हराएको सामानको उजुरीको आधारमा खोज अनुसन्धान गर्दा उक्त रकम बराबरको सामान फेला पारेको हो।
 
महाशाखामा परेको ७६ निवेदनमध्ये ६१ सामग्री उक्त मूल्य बराबरको फेला पारिएको महाशाखाका प्रहरी नायब उपरीक्षक सविन प्रधानले जानकारी दिए।
 
फेला पारिएका सामग्रीमा विभिन्न कम्पनीका मोबाइल २३ थान, आइप्याड एक थान, विभिन्न कम्पनीका ल्यापटप चार थान, राहदानी छ थान, नागरिकता पाँच थान, लत्ताकपडा भएको झोला पाँच थान र क्यामरा दुई थान छन्।
 
यस्तै दुई लाख २७ हजार नेपाली र तीन हजार अमेरिकी डलर समेत फेला पारेको छ। सार्वजनिक सवारीसाधन चढ्दा वा ओर्लदा मानिसले सवारी नम्बर नहेर्ने हुँदा सामान हराउने गरेको महाशाखाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell