PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

फलानाजी मान्नुभएन भन्दैमा एमाले संविधान संशोधन गर्न सहमत हुनेछैन : ओली



रासस

फलानाजी मान्नुभएन भन्दैमा एमाले संविधान संशोधन गर्न सहमत हुनेछैन : ओली

ललितपुर : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भोलि हुने तीन दलको बैठकमा आफूले राष्ट्रहितका पक्षमा नै अडान लिने बताएका छन्। 

नेकपा (एमाले) प्रदेश नम्बर ३ सङ्गठन विभागले यहाँ आज आयोजना गरेको ‘संविधान कार्यान्वयनका लागि प्रशिक्षण कार्यक्रम’ मा सम्बोधन गर्दै उनले भने, 'तीन करोड नेपालीको साझा मुलुक भएकाले ‘फलानाजी’ मान्नुभएन भन्दैमा एमाले संशोधनका लागि सहमत हुँदैन।' 

मित्रताका नाममा देशलाई कुठाराघात गर्न खोजे एमालेलाई स्वीकार्य नहुने उनले बताए। परराष्ट्र नीति सञ्चालनको आधार राष्ट्रहित, अन्तर्राष्ट्रिय सम्बन्ध र न्याय नै आधार हुने उनले बताए। 

अहिले संविधान कार्यान्वयनमा जोड दिनुपर्ने पनि ओलीले बताए। “संविधान कार्यान्वयनका लागि ऐन÷कानुनको निर्माण, आयोग गठन, सीमासम्बन्धी अस्पष्टता हटाउनु खाँचो छ,” उनले भने। सातभन्दा बढी प्रदेशको माग गर्दा देश ध्वस्त हुने पनि उनले बताए। उनले भने, “गरिब देशमा कतिवटा सरकार, कति संसद् र कति मुख्यमन्त्री थेग्ने भन्ने पनि सोच्नुपर्छ ।” रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell