PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

राजा फर्काउने प्रपञ्चस्वरुप ​धर्मनिरपेक्षतामाथि प्रहार हुन थालेकोमा मन्त्री गुरुङको आपत्ति



रासस

राजा फर्काउने प्रपञ्चस्वरुप ​धर्मनिरपेक्षतामाथि प्रहार हुन थालेकोमा मन्त्री गुरुङको आपत्ति

इटहरी : श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले राजा फर्काउने प्रपञ्चस्वरुप धर्मनिरपेक्षमाथि प्रहार हुन थालेको बताएका छन्। 

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल आदिवासी जनजाति सङ्घ सुनसरीले शनिबार साँझ धरानमा आयोजना गरेको ‘आदिवासी जनजातिका मुद्दा र संविधान संशोधन’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

मन्त्री सुब्बाले विभिन्न जातजाति, धर्म र संस्कृतिले विविधतायुक्त मुलुक नेपाल कुनै पनि धर्मविशेषको राज्य हुन नसक्ने बताउँदै धर्मनिरपेक्षताले कुनै पनि धर्मको संरक्षणमा हानी नगरेको र भविष्यमा पनि नगरिने स्पष्ट पारे। 

नेपाल आदिवासी जनजाति सङ्घका सभापति इन्द्रबहादुर गुरुङले आदिवासी जनजातिको विशिष्ट प्रकारको सामाजिक, आर्थिक र सांस्कृतिक मौलिक परम्परा र चरित्र भएको उल्लेखगर्दै अब बन्ने सबै सङ्घीय प्रदेशलाई बहुजातीय र समानुपातिक समावेशी सहभागितामा लाग्नुपर्ने बताए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell