PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

१३ वर्षकी किशोरीको असहनीय पीडा : बाबु, मामा र दाइले गरे जबर्जस्ती, अदालतले दियो न्याय



रासस

गाईघाट (उदयपुर) : बेल्टार बसाहा नगरपालिकाकी एक १३ वर्षीया किशोरीले भोगेको पीडा असहनीय छ।

किशोरीकी आमा डेढ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएकी थिइन्। आमा विदेशिएपछि उनलाई बुबाले छ महिनादेखि जबर्जस्ती गर्दै आएका थिए। आफ्नै बुबाको यौन दुर्व्यवहार पछि किशोरी भागेर मावली गइन्।

तर त्यहाँ पनि मामाले पटक–पटक बलात्कार गरे। 

मामाबाट बच्न भागेर फेरि गाउँमा आएर आफन्त दाजुको शरण लिएकी उनलाई दाजुले पनि पटक–पटक बलात्कार गरे। पीडित किशोरीले यसबारेमा साथीहरुलाई भनेपछि साथीका अभिभावकको निवेदनमा प्रहरीले बलात्कारीलाई गत वैशाख १७ गते पक्राउ गरेर मुद्दा चलाएको थियो।

जिल्ला अदालत उदयपुरमा उक्त घटनासम्बन्धी मुद्दा चलेको सात महिनापछि अदालतले फैसला गरेको छ। 

जिल्ला अदालत उदयपुरका न्यायाधीश राजकुमार कोइरालाको एकल इजालासले बुबालाई २२ वर्ष जेल सजाय र रु ५० हजार आर्थिक जरिवाना तोकिएको छ। 

यस्तै किशोरीको मामालाई ११ वर्ष जेल सजाय र रु १० हजार जरिवाना तथा दाजुलाई आठ वर्ष कैद र रु १० हजार जरिबानासहितको फैसला भएको छ। राससको सहयोगमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell