PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

अख्तियारले हटायो लोकमानकी छोरीसहित ११ विज्ञ



रासस

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख आयुक्त लोकमानसिंह कार्कीकी छोरी आध्याश्री कार्की र प्रमुख विज्ञ कोमलप्रकाश घिमिरेसहित ११ विज्ञलाई हटाएको छ। 

कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि कावा प्रमुखको जिम्मेवारीमा रहेका आयुक्त दीप बस्न्यातको अध्यक्षतामा आज बसेको आयोगको बैठकले सो निर्णय गरेको हो। कार्कीकी छोरी आध्याश्री कार्कीलाई  मेडिकल विज्ञका रुपमा अवैतनिक रुपमा राखिएको थियो। 

आयोगका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार सो निर्णय यही कात्तिक १७ गतेदेखि लागू हुने गरी गरिएको हो। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell