PahiloPost

Nov 10, 2025 | २५ कात्तिक २०८२

श्रीमतीको हत्या भएपछि श्रीमानसहित परिवारका ६ जना पक्राउ



रासस

श्रीमतीको हत्या भएपछि श्रीमानसहित परिवारका ६ जना  पक्राउ

गाईघाट (उदयपुर) : उदयपुरको बेल्टार बसाहा नगरपालिका–२ श्रीवानी बस्ने राजेन्द्र कटुवालको श्रीमती ३४ वर्षीया भीमकुमारी कटुवालको चार दिन अघि मोरङस्थित सिजुवाको बेतौना जङ्गलमा हत्या भयो। घटना अनुसन्धानमा लागेको इलाका प्रहरी कार्यालय बेल्टार अभियुक्तहरुको खोजीमा लागिरहेको थियो। तर पक्रा परे श्रीमान् राजेन्द्रसहित ६ जना घरपरिवारकै सदस्यहरु।
 
इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार तीन वर्षदेखि मोरङको सिजुवामा बसोबास गर्दै आएका राजेन्द्रका भाइ सुवास कटुवालले चार दिनअघि भाउजू भीम कुमारीलाई फोनबाट सिजुवामा बोलाएर जङ्गलमा लगेर हत्या गरेको परिवारको दाबी छ।
 
भाउजूको हत्या गरेर विष सेवनबाट बेहोस भएका सुवासको अस्पतालमा उपचार भइरहेको भए तापनि भीमकुमारीको हत्यामा घरपरिवारको समेत संलग्न रहेको आरोप भीमकुमारीका माइती पक्षले लगाएपछि राजेन्द्रसहित सबै परिवारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेल्टारले बताएको छ।
 
राजेन्द्रका परिवारको सुरक्षाको लागि र अनुसन्धानको लागि पनि आफूहरुले पक्राउ गरेर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक भीमप्रसाद सिलवालले बताए।
 
यता विष सेवन गरेर बेहोस भई अहिले अस्पतालमा होस खुलेका सुवासले भने भाउजूको हत्या आफू एक्लैले गरेको बताउन थालेको पनि प्रहरीले बताएको छ।
 
भीमकुमारीको हत्यामा कोको संलग्न हुन् भन्ने कुरा मोरङ प्रहरीले पनि अनुसन्धान थालेको र यता आफूहरुले पनि थालेको कारण चाँडै यसको वास्तविकतामा पुगिने कुरा इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell