PahiloPost

May 24, 2026 | १० जेठ २०८३

पहिरोमा पुरिएर सिन्धुपाल्चोकमा तीन जनाको मृत्यु



रासस

मेलम्ची : अविरल वर्षाका कारण सिन्धुपाल्चोक राम्चेमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका दुईको शव आज प्रहरीले फेला पारेको छ।
 
सिन्धुपाल्चोक राम्चेका चन्द्रकान्त तिमल्सिनाका कान्छा छोरा उद्धव तिमल्सिना र उनको श्रीमती सम्झनाको शव फेला पारेको हो।
 
गएराति २ बजे गएको पहिरोमा दुवै वेपत्ता थिए। पहिरोले पुरिएको ठाउँवाट दुवैको शव आज प्रहरीले निकालेको हो। पहिरोमा परेर चन्द्रकान्तका जेठा छोरा रामकुमार तिमल्सिनाको पनि मृत्यु भएको थियो।
 
शव परीक्षणका लागि बाह्रबिसे उप स्वास्थ्य केन्द्रमा लगिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेले बताए।
 
राम्चे– ६ पुराना गाउँमा गएको पहिरोले तीन वटा टहरा पुरेको थियो भने चन्द्रकान्त र उनको जेठीबुहारी पहिरोबाट घाइते भएका छन्। उनीहरुको बाह्रबिसे स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell