PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

बैतडी-काठमाडौं एसी बस सेवा सुरु: बसमै खानाको पनि सुविधा



रासस

बैतडी-काठमाडौं एसी बस सेवा सुरु: बसमै खानाको पनि सुविधा

बैतडी : महाकाली सेती यातायात व्यवसायी समितिले पहिलोपटक बैतडी–काठमाडौँ एसी बस सेवा सुरु गरेको छ।
 
यात्रुको मर्कालाई तथा दसैँ तिहारलाई ध्यानमा राखी आजदेखि बैतडी–काठमाडौँ एसी बस सञ्चालनमा ल्याइएको महाकाली सेती यातायात व्यवसायी समितिका महासचिव विष्णु कँडेलले जानकारी दिए। बसमा फ्रि वाइफाइ, खाना, पानी र पत्रिकाको समेत व्यवस्था छ।
 
'लामो यात्रामा यात्रुलाई समस्या भएपछि एसी बस सञ्चालन गरेका हौँ,' महासचिव कँडेलले भने। बैतडीबाट दैनिक एउटा बस बिहान ७ बजे सदरमुकाम गोठलापानीबाट तथा काठमाडौंबाट बिहान ११ बजे गोंगबु बसपार्कबाट छुट्ने समितिले जनाएको छ।
 
बैतडीबाट काठमाडौँको भाडा प्रतियात्रु दुई हजार ४३० रुपैंया तोकिएको छ। हाललाई बैतडी–काठमाडौँ छ वटा एसी बस सञ्चालन भए पनि छिट्टै थप छ वटा बस थप्ने तयारी समितिले गरेको छ। यस्तै समितिले बैतडी–महेन्द्रनगरसम्म समेत पहिलोपटक एसी बस सञ्चालनमा ल्याएको छ। बैतडी र महेन्द्रनगरबाट हरेक दिन साँझ ५ बजे बस छुट्ने छ भने भाडादर प्रतियात्रु रु ६४५ कायम गरिएको छ।
 
सदरमुकाममा अवस्थित बसपार्कमा यात्रु प्रतिक्षालय नहुँदा यात्रुलाई समस्या भएको छ। लामो समयपछि बसपार्क सञ्चालनमा आए पनि यात्रु प्रतिक्षालय नहुँदा यात्रुलाई समस्या भएको बताइएको छ। फोटो : sajhasabal



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell