PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

सरकारले संवैधानिक निकायका प्रमुखविरुद्ध महाअभियोग लगाउन मिल्दैन : गगन थापा



रासस

सरकारले संवैधानिक निकायका प्रमुखविरुद्ध महाअभियोग लगाउन मिल्दैन : गगन थापा

धनगढी : स्वास्थ्य मन्त्री गगनकुमार थापाले अनसनमा रहेका प्राध्यापक डा गोविन्द केसीको जीवनरक्षाका निम्ति सहयोग गर्न सांसदहरुसँग आग्रह गरेका छन्।
 
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले स्वास्थ्य मन्त्रालयभित्र गलत कुरा हुन नदिने भनेर आफूले डा केसीसँग अनसनमा नबसिदिन आग्रह गरेको स्मरण गरे।
 
'त्रिभुवन विश्वविद्यालयको डिन नियुक्तिको विषय टुङ्गिन सकेमा डा केसीको अनसन अन्त्य हुन सक्छ,' उलने भने। सरकारले संवैधानिक निकायका प्रमुखविरुद्ध महाअभियोग लगाउन नमिल्ने र चाहेर पनि केही नहुने बताउँदै थापाले केसीले उठाएका मागको पक्षमा सांसदका रुपमा आफ्नो समर्थन भने रहेको दोहोर्‍याए।
 
'यो विषयमा छलफल चलाउनुपर्छ भनेर आफूले संसदमा बोलेको हो, तर आज आफू फरक क्षमतामा छु,' मन्त्री थापाले भने।
 
स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक डा गोविन्द केसी हाल नवौं अनसनको दसौं दिनमा छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell