PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

​न्युनचापीय प्रभावले वर्षा, शुक्रबारदेखि मौसममा सुधार हुने



रासस

​न्युनचापीय प्रभावले वर्षा, शुक्रबारदेखि मौसममा सुधार हुने

काठमाडौं : देशको मध्य र पूर्वी भेगमा न्युनचापीय क्षेत्रको प्रभावका कारण मौसममा खराबी आएको छ। 

उक्त प्रणालीको असरस्वरुप मौसम बदली भई मध्य र पूर्वका अधिकांश भेगमा बर्सात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

पूर्वमा न्युनचापीय क्षेत्र र मध्यमा न्युनचापीय रेखाको प्रभावले बदलीसँगै वर्षा भएको मौसमविद् विभूति पोखरेलले बताए। उनका अनुसार पश्चिम भेगका केही स्थानमा वर्षा भएको छ, भने सुदूरपश्चिममा कुनै प्रभाव छैन। मङ्गलबार रातिदेखि सुरु भएको यो प्रणाली बिहीबार साँझसम्म जारी रहने र शुक्रबारदेखि मौसममा सुधार आउने मौसमविद् पोखरेलको भनाइ छ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी ओखलढुङ्गामा ८२ मिलिमिटर वर्षा भएको छ। विराटनगरमा २३, धनकुटामा २९, ताप्लेजुङमा ३७ काठमाडौँमा २४, भैरहवामा ३९ र नेपालगन्जमा ३४ मिलिमिटर वर्षा भएको छ। 

आज काठमाडौँ उपत्यकाको अधिकतम २९.५ र न्यूनतम १८.५ डिग्रीसेल्सियस रहेको महाशाखाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell