PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

चट्याङ लागेर उदयपुरका दुई जनाको मृत्यु



रासस

गाईघाट (उदयपुर) : जिल्लाको पूर्वी क्षेत्रको सिद्धिपुर गाविस– २ मा आज चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।
 
मृत्यु हुनेमा ५५ वर्षीय चक्रबहादुर मगर र ५० वर्षीय जगतबहादुर मगर रहेका छन्। उनीहरुको उपचारको क्रममा लागि विराटनगरस्थित कोसी अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक ओम रानाले जानकारी दिए।
 
बिहान सुतिरहेका अवस्थामा घर नजिकैको विद्युत्को पोलमा चट्याङ पर्दा दुवै जना घाइते भएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell