PahiloPost

Nov 10, 2025 | २५ कात्तिक २०८२

नेपालमा वार्षिक ८० हजारले गराउँछन् सुरक्षित गर्भपतन



रासस

नेपालमा वार्षिक ८० हजारले गराउँछन् सुरक्षित गर्भपतन

काठमाडौं : नेपालमा वार्षिक ८० हजारले सुरक्षित गर्भपतन सेवा लिने गरेको एक अध्ययनले देखाएको छ।
 
सुरक्षित गर्भपतन सेवा दिवस–२०७३ का अवसरमा यस क्षेत्रमा कार्यरत संस्था कृपाले प्रसूतिगृहमा आयोजना गरेको पत्रकार सम्मेलनमा वार्षिक ६ लाख गर्भवती हुनेमा ८० हजारले सुरक्षित गर्भपतन सेवा लिने गरेको जानकारी दिइयो।
 
प्रसूतिगृहका निर्देशक डा. जागेश्वर गौतमले सो अस्पतालमा सन् २००४ देखि सुरक्षित गर्भपतन सेवा दिन थालिएको जानकारी दिँदै आर्थिक वर्ष २०७२/७३ मा औजारबाट र औषधिको प्रयोगबाट दुई हजार ६९६ जनाले गर्भपतन सेवा लिएको बताए।
 
उनका अनुसार नेपालमा हुने मातृमृत्युदरको तेस्रो कारण असुरक्षित गर्भपतन हो। 'अस्पताल वा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा उपलब्ध भएको कुरा नै महिलालाई जानकारी नहुने कारण धेरै महिलाले असुरक्षित गर्भपतन गर्ने र मृत्युसमेत हुने गरेको छ,' उनले भने, 'कतिपय अवस्थामा असुरक्षित गर्भपतन गराई क्रिटिकल कन्डिसनमा अस्पतालमा ल्याउने गरेको पनि भेटिन्छ।'
 
कृपा संस्थाका वरिष्ठ पैरवी तथा तालिम अधिकृत प्रभाकर श्रेष्ठले कानुनले बन्देज लगाए पनि लिङ्ग पहिचान गरेर गर्भपतन गराउने क्रम नरोकिएको बताए।
 
सेप्टेम्बर २८ का दिन विश्वमा सुरक्षित गर्भपतन दिवस मनाउने गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell