PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

वीरगन्जमा अस्थायी इजलाज स्थापना, आजदेखि सेवा सुरु



रासस

वीरगन्ज : प्रदेश नं २ को उच्च अदालत जनकपुरका लागि अस्थायी इजलास वीरगन्जमा स्थापना भएको छ। स्थापित इजलासबाट आजदेखि काम पनि सुरु गरिएको छ।
 
नेपाल सरकारको भदौ २९ गतेको निर्णयअनुसार सो इजलास स्थापना भएको हो। यसले बारा, पर्सा तथा रौतहट जिल्लाका सेवाग्राहीलाई न्याय सेवा पुर्‍याउनेछ। जनताको घरदैलोसम्म न्याय सेवा पुर्‍याउने उद्देश्यले अस्थायी इजलास वीरगन्जमा स्थापना गरिएको सो इजलासका मुख्य न्यायाधीश उदयप्रकाश चापागाईंले बताए। 
 
नेपाल सरकारको निर्णयअनुसार १५ जना न्यायाधीशको दरबन्दी भए पनि सुरुमा अहिले सात जना न्यायाधीश मात्र रहेका छन्। आफ्नो भवन नभएकाले अहिले वीरगन्ज चिनी कारखानाको प्रशासकीय भवनमा सो इजलासको कामकाज सुरु गरिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell