चन्द्रौटा (कपिलवस्तु) : कपिलवस्तुको कृष्णनगरमा रहेको सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्मका (डिएसपी) प्रहरी नायब उपरीक्षकलाई कुरान प्रदान गरिएको छ।
राष्ट्रिय मदरसा सङ्घले कृष्णनगरमा आएका (डिएसपी) प्रहरी नायव उपरीक्षक तारिखचन्द्र चौधरीलाई मुस्लिमको पवित्र धार्मिक ग्रन्थ कुरान प्रदान गरिएको हो। चौधरीसहित सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्मका प्रहरी निरीक्षक परशुराम पन्थी र इलाका प्रहरी कृष्णनगरका प्रमुख सञ्जय रिजाललाई स्वागत गर्दै कुरान दिइएको छ।
राष्ट्रिय मदरसा सङ्घले समाजमा शान्ति, सुरक्षा, अमनचयन कायम गर्नका लागि अहोरात्र खटिने सुरक्षाकर्मीलाई मुस्लिमको धर्मको बारेमा पनि जानकारी होस् भन्दै कुरान प्रदान गरेको जनाएको छ।
राष्ट्रिय मदरसा सङ्घका अध्यक्ष मौलाना अब्दुल गनी अल्कुफी र महासचिव मौलाना मसहुद खाँ नेपालीले जिल्लाको शान्ति सुरक्षा मजबुद होस् भन्दै जिल्लामा सरुवा भई आउनुभएका प्रहरी नायब उपरीक्षक, नायब निरीक्षकको सफल कार्यकालको शुभकामना दिए।