PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

चितवनमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु



रासस

चितवन : भरतपुर उपमहानगरपालिका–१० भरतपुर ओरालोमा आज दिउँसो बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
 
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुरबाट नारायणगढतर्फ जाँदै गरेको ना३ख ९४३९ नंको बसले सोही दिशातर्फ जाँदै गरेको ना४१प ६३९७ नंको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।
 
दुर्घटनामा परी भरतपुर उपमहानगरपालिका वडा नं ४ का ३३ वर्षीय भरत महराको मृत्यु भएको प्रहरीले जनाएको छ।  दुर्घटनामा परी सोही ठाउँका ३२ वर्षीय भीमलाल तामाङ घाइते भएका छन्। उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
 
ओरालो बाटोमा ब्रेक फेल भएपछि बस अनियन्त्रित भई अन्य मोटरसाइकललाई पनि ठक्कर दिँदा मोटरसाइकलमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell