PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

डुंगाबाट चिप्लिएर बेपत्ता भएका बालक अझै फेला परेनन्



रासस

पाँचथर : पाँचथरको फिदिम नगरपालिका र भारपा गाविसको सिमाना हेंवा खोलामा डुबेर बेपत्ता भएका एक बालक अझै फेला परेका छैनन्।
 
फिदिम नगरपालिका–४, थापाटार बस्ने रेशम कटुवालका ८ वर्षीय छोरा रिसव बुधबार हेंवाखोलामा डुबेर बेपत्ता भएका थिए। खोलापारिबाट खोलावारि घर आउने क्रममा डुङ्गाबाट चिप्लेर उनी खोलामा डुबेको प्रहरीले जनाएको छ।
 
घटनाबारे जानकारी पाउनासाथ सदरमुकामबाट उद्धार सामग्रीसहित प्रहरी टोली घटनास्थल पुगी खोजी सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बालकको हेंवा खोला र तमोर नदी आसपासमा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell