काठमाडौँ : तपाईँ १०० नम्बरमा फोन गरेर गलत सूचना दिने वा फाल्तु कुरामा गफिने गर्नुहुन्छ भने सचेत हुनुहोला। तपाई पक्राउ पर्न सक्नुहुन्छ। प्रहरीसँग सम्पर्क गर्न तोकिएको १०० नम्बरमा अनावश्यक फोन आउने र गफिने प्रवृति बढ्दै गएपछि त्यसलाई रोक्न सो नम्बरमा हुने सबै कुराकानी स्वतः रेकर्डिङ हुने व्यवस्था मिलाइएको छ। सो नम्बरको गलत प्रयोग नहोस् भनेर अहिले काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा…
जाजरकोट : आगलागीमा परी घाइते भएका कार्कीगाउँ–६ का मानसिंह खत्रीको मृत्यु भएको छ। खत्रीको कीर्तिपुर अस्पतालमा उपचारका क्रम्मा मृत्यु भएको हो। आइतबार भएको आगलागीमा परी सोही दिन उनकी छोरी सङ्गीता खत्री बोहराको मृत्यु भइसकेको थियो। यसअघि घाइतेको उपचारका लागि भेरीमालिका नगरपालिकाले सहयोग गर्ने निर्णय गरेको थियो। सर्वदलीय बैठकले आगलागीमा परी गम्भीर घाइते भएका मानसिंह खत्रीलाई ५० हजार रुपैयाँ उपचार…
तिलोत्तमा (रुपन्देही) : राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब हुने संविधान संशोधनमा हिन्दु राज्य पुनःस्थापना गरी धर्मनिरपेक्षता खारेज गर्न माग गरेका छन्। राप्रपा नेपालले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले मधेसवादी दलहरुको चाहनाअनुरुप संविधान संशोधन भए आफूहरुको यो मुद्दा पनि सम्बोधन गर्नुपर्ने अडान दोहोर्याए। संशोधनमा नभए जनमत सङ्ग्रहमा जान पनि तयार रहेको उनको भनाइ थियो।…
भक्तपुर : तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको सानो ठिमीस्थित घरमा अपरिचित एक व्यक्तिले ठाकुरका छोरी ३२ वर्षीया डा मीनाक्षी ठाकुरलाई आक्रमण गरी ब्रिफकेस लुटेर फरार भएको छ । आज राति करिब ७ः३० बजे माक्स लगाएको अपरिचित उक्त व्यक्ति ठाकुरको छोरी र काम गर्ने एक जना केटा मात्रै भएको बेलामा घरमा प्रवेश गरी आक्रमण गरेको प्रहरीले जनाएको छ। घरमा…
राजविराज : जिल्लाको छिन्नमस्ता गाविसमा गोरुको आक्रमणवाट एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा छिन्नमस्ता–९ निवासी जितन सदाकी डेढ वर्षीया छोरी रोमा सदा रहेको प्रहरीले जनाएको छ। आफ्नै घरअगाडि खेल्दै गरेकी ती बालिकालाई गोरुले आक्रमण गरेको थियो। यस्तै, सर्पको टोकाईबाट सप्तरी अर्नाह-२ मा १५ वर्षीया रामकुमारी चौधरीको मृत्यु भएको छ। घरमा बसिरहेका बेला विषालु सर्पले टोकेपछि गजेन्द्र…
धनगढी : आपराधिक एवम् अवाञ्छित गतिविधि नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले धनगढी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रका १२ स्थानमा पहिलोपटक सिसी क्यामेरा जडान गरिएको छ। सिसी क्यामेरा जडानबाट बजार क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलापको निगरानी गरी शान्ति, सुरक्षालाई थप सुदृढ बनाउन सघाउ पुग्ने विश्वास प्रहरीको छ। सर्वसाधारणको भिड एवम् चहलपहल बढी रहने स्थानीय ट्राफिक चौराहदेखि जिल्ला प्रहरी कार्यालयसम्मको करिब दुई…
काठमाडौँ : सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पछिल्लोपटक विकास भएका इन्टरनेट प्रविधिमा नेपाली भाषा तथा नेपाली रचनालाई समेत समावेश गर्नुपर्ने बताएका छन्। सञ्चार प्रविधिसम्बन्धी (सुबिसु क्यान कम टेक) को आज उद्घाटन गर्दै मन्त्री कार्कीले नेपाली भाषा तथा साहित्यको अन्तर्राष्ट्रिय तहमा लोकप्रियता बढ्दै गएकाले अब नेपाली साहित्यलाई पनि त्यस्ता प्रविधिमा व्यवस्थित गर्नुपर्नेमा जोड दिए। उनले सञ्चारका क्षेत्रमा भएका विकास…
काठमाडौँ : सर्वोच्च अदालतले सङ्घीय प्रतिनिधिसभाको निर्वाचन र प्रदेशसभा सदस्यको निर्वाचनसम्बन्धी आवश्यक कानुन निर्माण गरी निर्वाचनको मिति घोषणामा ढिलाइ हुनुको कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले आज अग्राधिकारसहित निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गर्नुका कारण १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनिएको छ। आदेशमा संवैधानिक र कानुनी प्रक्रियामा जटिलता देखिएको हुनाले विपक्षीलाई…
बेनी (म्याग्दी) : यहाँका एक व्यक्ति निरन्तर १६ वर्षसम्म मौनव्रत बस्दै आएका छन्। जनकपुर घर भई हाल म्याग्दीमा बस्दै आएका ५१ वर्षीय रामानन्द सरस्वती विश्वशान्तिको कामना गर्दै २०५७ सालदेखि मौनव्रत बस्दै आएका हुन्। विश्वमा व्याप्त अशान्ति, क्रोध, गरिबी र हत्या हिंसाले आक्रान्त मानिसको दिनचर्यालाई देखेपछि त्यसबाट वाक्क लागेर आफूले मौनव्रत लिएको उनले लेखेर जानकारी दिए। विश्व कल्याणको…
मेलम्ची : इलाका प्रहरी कार्यालय मेलम्चीले बैसाखदेखि हालसम्म सात वटा चोरीको मोटरसाइकल पक्राउ गरी सम्बन्धित सवारीधनीलाई बुझाएको छ। काठमाडौंका विभिन्न स्थानबाट विभिन्न मितिमा चोरी–निकासी गरेर ल्याएका सात वटा मोटरसाइकल नियमित चेकजाँचका क्रममा प्रहरीले फेला पारेको थियो। २०७१ बैसाख ३१ गते सवारीधनी सानुकान्छा खड्काको बा २५ प ४७३१ नंको होन्डा साइन ११० सिसीको कालो मोटरसाइकल काठमाडौंको बत्तीसपुतलीबाट चोरी भएको…
कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिकामा मदिरा आचारसंहिता जारी गरिएको छ। नगरपालिका, इलाका प्रहरी कार्यालय, झलारी र बेदकोट उद्योग वाणिज्य सङ्घको सहकार्यमा निर्माण गरिएको आचारसंहिता जारी गरिएको हो। आचारसंहितामा दिउँसो ३ देखि राति ८ बजेसम्म मात्रै मदिरा बिक्री वितरण गर्न पाइने भएको छ। किराना र खुद्रा पसलमा मदिराको कारोबार गर्न नपाइने, खाना खुवाउने कक्षमा मदिरा राख्न नपाइने, पसलमा मदिरा सजाएर…
लहान : चट्याङ लागेर गएराति सिरहामा आमा छोराकै मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढीमाई– २ भवानीपुरका ४० वर्षीया जुर्मी सदा र उनका १२ वर्षीय छोरा सुरज रहेको प्रहरीले जनाएको छ। चट्याङले सुरजको घटनास्थलमै र जुर्मीको उपचारका लागि लहान लैजाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए। मृतक आमा छोराको शव…
काठमाडौँ : वन विभागमा डेढ महिनादेखि महानिर्देशक नहुँदा महत्वपूर्ण काममा समस्या हुने गरेको छ। विभागका महानिर्देशक गौरीशङ्कर तिमला गत साउन ४ गते अनिवार्य अवकाश लिएपछि डेढ महिनादेखि विभाग महानिर्देशकविहीन बनेको हो। विभागका प्रवक्ता चन्द्रमान डङ्गोलले महानिर्देशक नहुँदा विभागका महत्वपूर्ण निर्णय गर्न गाह्रो हुने गरेको बताए। 'जिल्ला वन अधिकृतले गरेका कतिपय निर्णय सच्याउनुपर्ने हुन्छ तर महानिर्देशक नहुँदा समस्या परेको…
काठमाडौँ : संविधान संशोधन, सीमाङ्कन र संविधानमा उल्लेख भएका विभिन्न आयोगका विषयमा प्रमुख तीन दलबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकले सीमा निर्धारण आयोगले गर्दै आएको स्थानीय निकायको पुनःसंरचनाको कामलाई निरन्तरता दिने बारेमा समेत छलफल भएको बताइएको छ । बैठकमा आउँदो चैतसम्ममा स्थानीय निकाय निर्वाचनबारे समेत छलफल भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)…
गौशाला : महोत्तरीको जलेश्वरमा सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ परेका बथनाहा गाविसका सचिव गुलाव चौधरी निलम्बनमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले उनलाई आइतबारदेखि लागू हुनेगरी तीन महिनाका लागि निलम्बन गरेको अख्तियार कार्यालय प्रमुख राजकुमार लम्सालले बताए। सचिव चौधरीसँग अख्तियारले रु २० हजार धरौटी लिई जिम्मा जमानीमा शनिबार छाडेको र उनलाई तीन महिनाका लागि निलम्बन गरिएको…
जाजरकोट : भेरीमालिका नगरपालिका-४ शान्ति चौतारामा लोकेन्द्र शाहीको घरमा रहेको सङ्गीता होटलमा आगलागी हुँदा घाइते भएका चार जनाको उद्धार गरिएको छ। आइतबार दिउँसो भएको आगलागीबाट घाइते भएका चार जनालाई नेकपा माओवादी केन्द्र जाजरकोटका इन्चार्ज गणेशप्रसाद सिंहको पहल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ठाडो आदेशमा नेपालगन्जबाट सेनाको हेलिकप्टरमा उद्धार गरी काठमाडौँ पुर्याइएको छ। उद्धार गर्दा लागेको खर्च प्रधानमन्त्री…
काठमाडौँ : नेपाल चिकित्सक सङ्घको उपत्यकाभित्रको चुनाव आज हुँदैछ। आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयनका लागि सङ्घको चुनाव उपत्यका र जिल्ला गरी दुई चरणमा हुने तालिकाअनुसार आजदेखि २५ गतेसम्म दोस्रो चरणको चुनाव हुन लागेको हो। यसअघि भदौ १७ र १८ गते उपत्यकाबाहिरको चुनाव भइसकेको छ। प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर रानामगरले उपत्यका बाहिरको चुनावमा मतदान गर्न छुटेका…
काठमाडौँ : काठमाडौँ उपत्यकाभित्र १३५ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ। वर्षा मौसम सुरु भएदेखि देखिएको हैजा अहिले नियन्त्रण क्रममा रहे पनि उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशमलाल लामिछानेले जानकारी दिए। लामिछानेका अनुसार ललितपुरमा ११०, काठमाडौंमा १९ र भक्तपुरमा एक जनामा जीवाणु देखिएको हो। पछिल्लो पटक यही भदौ १७…
रत्ननगर (चितवन) : तस्करले हानेको ६ वटा गोली लागेर घाइते बनेको दुर्लभ एकसिङ्गे गैँडाको शरीरबाट गोलीका छर्रा निकालिएको छ। 'गोलीका छर्रा निकालिएको छ,' निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले भने, 'गोली निकाल्न सकिने अवस्था भने छैन।' चिकित्सकका अनुसार पनि गोली संवेदनशील क्षेत्रमा नभएकाले गैँडा बाँच्ने सम्भावना बढेको कँडेलले जानकारी दिए। भदौ ४ गते रौतहटको गैँडाटारमा तस्करको गोली लागेर…
खोटाङ : जिल्लाको उत्तरी गाविस जलेश्वरी–४ बतासेका १५ वर्षीय ज्ञानबहादुर राई दैनिकजसो दूधकोसी किनारमा माछा मारिरहेका हुन्छन् । स्थानीय सिम्ले माविमा कक्षा–७ पढ्दापढ्दै विद्यालय छाडेका ज्ञानबहादुर गाउँकै साथीहरुसँग जाल, तियारी, भेले र झरौला बोकेर नदीमा माछा मार्दै हिँड्छन् । गाउँ नजिकै रहेको विद्यालयमा अध्ययनअध्यापन भइरहँदा सोही गाउँका १८ वर्षीय सुजन राई र १७ वर्षीय तारा राई पनि ज्ञानबहादुरसँगै दूधकोसीमा माछा…