PahiloPost

Jul 3, 2026 | १९ असार २०८३

चट्याङ लागेर आमा-छोराकै ज्यान गयो



रासस

लहान : चट्याङ लागेर गएराति सिरहामा आमा छोराकै मृत्यु भएको छ।
 
मृत्यु हुनेमा धनगढीमाई– २ भवानीपुरका ४० वर्षीया जुर्मी सदा र उनका १२ वर्षीय छोरा सुरज रहेको प्रहरीले जनाएको छ।
 
चट्याङले सुरजको घटनास्थलमै र जुर्मीको उपचारका लागि लहान लैजाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए।
 
मृतक आमा छोराको शव स्वास्थ्य परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा राखिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell