PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

सर्पले टोक्दा र गोरुले हान्दा दुई जनाको ज्यान गयो



रासस

राजविराज : जिल्लाको छिन्नमस्ता गाविसमा गोरुको आक्रमणवाट एक बालिकाको मृत्यु भएको छ।
 
मृत्यु हुनेमा छिन्नमस्ता–९ निवासी जितन सदाकी डेढ वर्षीया छोरी रोमा सदा रहेको प्रहरीले जनाएको छ। आफ्नै घरअगाडि खेल्दै गरेकी ती बालिकालाई गोरुले आक्रमण गरेको थियो।
 
यस्तै, सर्पको टोकाईबाट सप्तरी अर्नाह-२ मा १५ वर्षीया रामकुमारी चौधरीको मृत्यु भएको छ।
 
घरमा बसिरहेका बेला विषालु सर्पले टोकेपछि गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell