PahiloPost

Jan 17, 2025 | ४ माघ २०८१

डेढ महिनादेखि वन विभाग महानिर्देशकविहीन, महत्वपूर्ण निर्णय हुन सकेन



रासस

काठमाडौँ : वन विभागमा डेढ महिनादेखि महानिर्देशक नहुँदा महत्वपूर्ण काममा समस्या हुने गरेको छ।
 
विभागका महानिर्देशक गौरीशङ्कर तिमला गत साउन ४ गते अनिवार्य अवकाश लिएपछि डेढ महिनादेखि विभाग महानिर्देशकविहीन बनेको हो।
 
विभागका प्रवक्ता चन्द्रमान डङ्गोलले महानिर्देशक नहुँदा विभागका महत्वपूर्ण निर्णय गर्न गाह्रो हुने गरेको बताए। 'जिल्ला वन अधिकृतले गरेका कतिपय निर्णय सच्याउनुपर्ने हुन्छ तर महानिर्देशक नहुँदा समस्या परेको छ,' उनले भने।
विभागलाई कुन रुपले अगाडि लैजाने, कुन कार्यक्रमलाई प्राथमिकता दिने भन्ने बारेमा समेत निर्णय लिन गाह्रो पर्ने गरेको प्रवक्ता डङ्गोलले बताए।
  
हाल विभागमा गणेश झालाई निमित्त महानिर्देशक तोकिएको छ। महानिर्देशक नहुँदा दैनिक एक १०/१२ सेवाग्राही बिनाकाम फर्कनुपरेको छ। कर्मचारीको भदौमा हुने सरुवा पनि प्रभावित हुने गरेको विभागले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell