PahiloPost

May 24, 2026 | १० जेठ २०८३

१६ वर्षदेखि मौनव्रतमा रहेका साधुले लेखे- 'विश्वमा शान्ति कायम नहुन्जेल व्रत छोड्दिन'



रासस

बेनी (म्याग्दी) : यहाँका एक व्यक्ति निरन्तर १६ वर्षसम्म मौनव्रत बस्दै आएका छन्।
 
जनकपुर घर भई हाल म्याग्दीमा बस्दै आएका ५१ वर्षीय रामानन्द सरस्वती विश्वशान्तिको कामना गर्दै २०५७ सालदेखि मौनव्रत बस्दै आएका हुन्।
 
विश्वमा व्याप्त अशान्ति, क्रोध, गरिबी र हत्या हिंसाले आक्रान्त मानिसको दिनचर्यालाई देखेपछि त्यसबाट वाक्क लागेर आफूले मौनव्रत लिएको उनले लेखेर जानकारी दिए।
 
विश्व कल्याणको कामना सहित फलाहार बसेर उनी दैनिक ‘श्रीमद्भागवत’, ‘गीता’, ‘महाभारत’लगायत धार्मिक ग्रन्थको पाठपारायण गर्दै आएका छन्।

'विश्वमै शान्ति कायम नहुन्जेल म अन्न पनि सेवन गर्दिन,' उनले लेखेका छन्, 'मौनव्रत पनि छाड्दिनँ।'
 
१६ वर्षसम्म लगातार व्रत बसेको सुनेर जिल्लाका विभिन्न स्थान, बागलुङ, पर्वत, कास्की, काठमाडौँ लगायत स्थानबाट मानिसहरु आफूलाई दैनिकजसो भेट्न आउने गरेको पनि उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell