PahiloPost

Jan 17, 2025 | ४ माघ २०८१

चोरेर चलाइएका सात वटा मोटरसाइकल पक्राउपछि प्रहरीले बुझायो सवारी धनीलाई



रासस

मेलम्ची : इलाका प्रहरी कार्यालय मेलम्चीले बैसाखदेखि हालसम्म सात वटा चोरीको मोटरसाइकल पक्राउ गरी सम्बन्धित सवारीधनीलाई बुझाएको छ।
 
काठमाडौंका विभिन्न स्थानबाट विभिन्न मितिमा चोरी–निकासी गरेर ल्याएका सात वटा मोटरसाइकल नियमित चेकजाँचका क्रममा प्रहरीले फेला पारेको थियो।
 
२०७१ बैसाख ३१ गते सवारीधनी सानुकान्छा खड्काको बा २५ प ४७३१ नंको होन्डा साइन ११० सिसीको कालो मोटरसाइकल काठमाडौंको बत्तीसपुतलीबाट चोरी भएको थियो। मोटरसाइकल पार्किङ गरेको केही समयमा हराएको उनले तुरुन्तै पुलिसमा रिपोर्ट गरेका थिए।
 
इलाका प्रहरी कार्यालयमा कार्यरत ट्राफिक मोहन श्रेष्ठ र गीताप्रसाद काफ्लेको टोलीले नियमित चेकजाँच र छड्के चेकका क्रममा पक्राउ गरेको प्रहरीले जनाएको छ। खड्काले आफूले मोटरसाइकल हराएको १५ महिना बितिसक्दा भेट्ने आशासमेत नरहेको र प्रहरीले मोटरसाइकल फेला परेको सूचना दिने बित्तिकै खुसी भएको जानकारी दिए।
 
त्यस्तै, जाँचका क्रममा तीन वटा १५० सिसीको बा४६प २१२०, सोही अवस्थाको बा ४३ प ७३,  बा ५७ प ७३५, बा ६४ प ८९, बा ३९ प ७३२८ र बा ३९ प ११६७ गरी जम्मा सात वटा मोटरसाइकल पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक निरज डाँगीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell