PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

नेपाली भाषा-साहित्यलाई पनि प्रविधिमा व्यवस्थित गरौं : सञ्चारमन्त्री कार्की



रासस

नेपाली भाषा-साहित्यलाई पनि प्रविधिमा व्यवस्थित गरौं : सञ्चारमन्त्री कार्की

काठमाडौँ : सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पछिल्लोपटक विकास भएका इन्टरनेट प्रविधिमा नेपाली भाषा तथा नेपाली रचनालाई समेत समावेश गर्नुपर्ने बताएका छन्।
 
सञ्चार प्रविधिसम्बन्धी (सुबिसु क्यान कम टेक) को आज उद्घाटन गर्दै मन्त्री कार्कीले नेपाली भाषा तथा साहित्यको अन्तर्राष्ट्रिय तहमा लोकप्रियता बढ्दै गएकाले अब नेपाली साहित्यलाई पनि त्यस्ता प्रविधिमा व्यवस्थित गर्नुपर्नेमा जोड दिए।
 
उनले सञ्चारका क्षेत्रमा भएका विकास र प्रगतिले सबै क्षेत्रलाई सहज बनाएको बताउँदै सामाजिक सञ्जालका माध्यमलाई गलत ढङ्गले प्रयोग गर्दा अपराधसमेत बढेकामा चिन्ता व्यक्त गरेका छन्।
 
कम्प्युटर एसोसिएसन अफ नेपालका अध्यक्ष विनोद ढकालले ग्रामीण भेगसम्म सूचना तथा सञ्चारको पहुँचलाई विस्तार गर्न सकेमा देशको विकास हुने विश्वास व्यक्त गरे।
 
भदौ २६ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुने प्रदर्शनीमा सूचना तथा प्रविधिमा भएका नयाँ उत्पादन तथा टेलिभिजन, कम्प्युटर, विद्युतीय सामग्रीलगायत ८० वटा कक्ष राखिएको छ। दर्शकले विभिन्न उत्पादनको जानकारी लिनुका साथै आवश्यक सामग्री खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell