PahiloPost

Jan 17, 2025 | ४ माघ २०८१

दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म मात्र मदिरा बेच्न पाइने



रासस

कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिकामा मदिरा आचारसंहिता जारी गरिएको छ। नगरपालिका, इलाका प्रहरी कार्यालय, झलारी र बेदकोट उद्योग वाणिज्य सङ्घको सहकार्यमा निर्माण गरिएको आचारसंहिता जारी गरिएको हो।
 
आचारसंहितामा दिउँसो ३ देखि राति ८ बजेसम्म मात्रै मदिरा बिक्री वितरण गर्न पाइने भएको छ। किराना र खुद्रा पसलमा मदिराको कारोबार गर्न नपाइने, खाना खुवाउने कक्षमा मदिरा राख्न नपाइने, पसलमा मदिरा सजाएर राख्न नपाइने, मदिराको अवैध कारोबार गर्ने र मदिरा सेवन गरी अभद्र व्यवहार गर्ने व्यक्तिलाई राजनीतिक हस्तक्षेप गर्न नपाइने आचारसंहितामा उल्लेख गरिएको इप्रका झलारीका प्रहरी निरीक्षक सुदाम रावलले बताए। 
 
बरामद मदिराको कुल मूल्यको ५० प्रतिशत रकम स्वास्थ्य र सामाजिक क्षेत्रमा खर्च गर्नुपर्ने र चुरे क्षेत्रमा मदिरा बेचबिखन गर्नका लागि इजाजत दिन नहुने आचारसंहितामा उल्लेख छ।
 
मदिराका कारण बजार क्षेत्रमा चोरी, झैझगडा लगायत कार्यमा बढोत्तरी हुन थालेपछि मदिरा आचारसंहिता जारी गरिएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell