PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

उपत्यकाभित्र १३५ जनामा हैजा, ललितपुरमा मात्रै ११० संक्रमित



रासस

 
काठमाडौँ : काठमाडौँ उपत्यकाभित्र १३५ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ।
 
वर्षा मौसम सुरु भएदेखि देखिएको हैजा अहिले नियन्त्रण क्रममा रहे पनि उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशमलाल लामिछानेले जानकारी दिए।
 
लामिछानेका अनुसार ललितपुरमा ११०, काठमाडौंमा १९ र भक्तपुरमा एक जनामा जीवाणु देखिएको हो। पछिल्लो पटक यही भदौ १७ गते पाँच जनामा हैजा पुष्टि भएको थियो।
 
महाशाखाले हैजा देखिएको ठाउँको पानीको परीक्षणका लागि नमुना सङ्कलन गर्दै पानी उमालेर वा शुद्धीकरण गरेर पिउन आग्रह गरेको छ। रोगीको पखालामा ‘ब्याक्टेरियम भिब्रियो कोलेरी’नामक जीवाणु पाइएमा त्यसलाई हैजा भनिने चिकित्सक बताउँछन्।
 
महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीका अनुसार हैजाको जीवाणु शरीरमा प्रवेश गरेपछि दुई घन्टादेखि पाँच दिनसम्ममा देखिन सक्छ। यसको सङ्क्रमण अवधि निकै कम भएकाले यो तुरुन्तै फैलिन सक्छ। समयमै उपचार नपाए बिरामीको मृत्यु समेत हुन सक्ने उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell