काठमाडौँ : संविधान संशोधन, सीमाङ्कन र संविधानमा उल्लेख भएका विभिन्न आयोगका विषयमा प्रमुख तीन दलबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकले सीमा निर्धारण आयोगले गर्दै आएको स्थानीय निकायको पुनःसंरचनाको कामलाई निरन्तरता दिने बारेमा समेत छलफल भएको बताइएको छ ।
बैठकमा आउँदो चैतसम्ममा स्थानीय निकाय निर्वाचनबारे समेत छलफल भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले पुनःसंरचनाबारे आयोग ल्याएको खाकाको बारेका छलफल गरेर अगाडि बढ्न सकिने धरणा राखेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।
बैठकमा नेकपा माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल, उपधानमन्त्री कृष्णबहादुर महरा, नेता वर्षमान पुन, काँगे्रसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री विमलेन्द्र निधि, र नेकपा ९एमाले० को तर्फबाट नेता झलनाथ खनाल र वामदेव गौतमलगायतका नेताको सहभागिता थियो। रासस