PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

मदिरा बेच्ने ४१ जना व्यापारीमाथि कारबाही



रासस

सप्तरी : जिल्ला प्रहरी कार्यालयले दुई हप्तायता अवैध रुपमा मदिरा बिक्री वितरण गर्ने ४१ जनालाई कारबाही गरेको छ।
 
मदिरा नियन्त्रण अभियान अन्तर्गत जिल्लाको विभिन्न ठाउँबाट बरामद गरिएका करिब ३५ सय लिटर मदिरा नष्ट गरिएको छ।
 
पक्राउ पर्नेहरुलाई रु ५ हजारदेखि ३० हजार रुपैयाँसम्म जरिमाना असुल गरिएको र मदिरा बनाउनका लागि प्रयोग गरेका भाडावर्तन, साइकल लिलामीको लागि राजबिराजस्थित भन्सार कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए।
 
मदिरा नियन्त्रण अभियानलाई प्रभावकारी बनाउनका लागि स्थानीय जनता र सञ्चारकर्मीले समेत सहयोग गर्नुपर्नेमा उनले जोड दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell