PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

भोजपुरमा एक सातादेखि हवाई उडान हुन सकेन, बिरामीलाई बढी मर्का



रासस

भोजपुर : भोजपुर जिल्लामा एक सातादेखि हवाई उडान अवरुद्ध भएको छ।
 
नेपाल वायुसेवा निगमले मौसमका कारण देखाउँदै हवाई उडान सञ्चालन गर्न सकेको छैन। भोजपुरमा रहेको एकमात्र विमानस्थलमा गत २१ गतेदेखि कुनै पनि उडान हुन नसक्दा बिरामीलाई प्रत्यक्ष असर पुगेको छ।
 
मौसमका कारण उडान हुन नसकेको वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिए। उनले एक सातादेखि उडान नहुँदा यात्रु कसरी पठाउने भन्ने चिन्ता थपिएको बताएका छन्। 
 
जिल्ला अस्पतालबाट उपचार हुन नसक्ने बिरामीको सुविधाका लागि विमानमा केही सिट छुट्याइने गरिएको छ। जसअनुसार विराटनगरका लागि दुई र काठमाडौँ दुई जना सिफारिस गर्ने गरिएको छ।
 
निजी वायुसेवा कम्पनी तारा एयरलाइन्सले पनि हप्तामा एक दिन काठमाडौँ उडान गर्दै आएको छ। सो उडान पनि विगत चार महिनादेखि बन्द छ। भोजपुरमा नेपाल वायुसेवा निगमले विराटनगरका लागि मङ्गलबार, बिहीबार र शनिबार तीन उडान गर्ने गरेको छ।
 
त्यस्तै काठमाडौँका लागि चार उडान भर्दै आएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell