PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

करेत सर्पले कानमा डसेपछि किशोरीको मृत्यु



रासस

वालिङ : स्याङ्जाको दक्षिण पूर्वी चापाकोटमा सर्पले डस्दा एक किशोरीको मृत्यु भएको छ।
 
चापाकोट नगरपालिका–१ क्वामी बस्ने १३ वर्षीया माया जिटीको सर्पको डसाइबाट मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालले बताए।
 
घरभित्र सुतिरहेकी जिटीलाई करेत सर्पले देब्रे कानमा टोकेको थियो। किशोरीलाई स्थानीय चापाकोट स्वास्थ्य चौकीमा सामान्य उपचारपछि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको र त्यहाँबाट पनि पाल्पाको मिसन अस्पताल लैजाँदै गर्दा सोमबार मृत्यु भएको बताइएको छ। स्थानीयवासीले डसेको सर्पसमेत मारेर साथमा ल्याएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell