PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​चीन जोड्ने एकमात्र सडक मार्ग फेरि पहिरोले बन्द



रासस

रसुवा : गएरातिदेखिको निरन्तर भारी वर्षाका कारण पासाङ ल्हामु राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा यातायात ठप्प भएको छ। चीनको तिब्बत जोड्ने चालु अवस्थाको योमात्र एक राजमार्ग हो।
 
जिल्ला प्रहरी प्रमुख फणीन्द्र प्रसाईंका अनुसार राम्चे, मूलखर्क, भार्खु क्षेत्रका सडकमा पहिरोका कारण यातायात बन्द भएको हो।
 
बाटो खुलाउन भारी वर्षा भइरहेकाले सडकमा डोजर गुडाउन असहज भइरहेको छ।
 
पहिरो गएका स्थानमा आवश्यक सुरक्षाका लागि आज बिहानैदेखि प्रहरी परिचालन गरिएको बताइएको छ।
 
दुई दर्जनभन्दा बढी रसुवागढी नाकाबाट सामान लिई आएका ट्रक कन्टेनर बाटोको विभिन्न भागमा अलपत्र परेका छन्।
बाटो खुलाउने प्रयासका लागि सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell