PahiloPost

May 24, 2026 | १० जेठ २०८३

२० वर्ष कैद सुनाइएपछि भागेका यादव पक्राउ परे



रासस

२० वर्ष कैद सुनाइएपछि भागेका यादव पक्राउ परे

लहान : कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय पाएर डेढ वर्षदेखि फरार रहेका एक युवकलाई प्रहरीले गएराति पक्राउ गरेको छ।
 
इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले अदालतबाट कैद सजाय पाएर फरार रहेका सिरहा गोलबजार नगरपालिका–६ निवासी ३२ वर्षीय विनोदकुमार यादवलाई पक्राउ गरेको हो।
 
कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतले २०७१ फागुन १८ गते यादवलाई २० वर्षको कैद सजायको फैसला गरेको थियो। फरार यादव आफ्नै घरमा लुकिछिपी बसिरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्रकुमार उपाध्यायले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell