PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

दलहरु एकै ठाउँ नआए पुनर्संरचनाको काम अघि बढ्दैन : राज्यमन्त्री जवेगु



रासस

दलहरु एकै ठाउँ नआए पुनर्संरचनाको काम अघि बढ्दैन : राज्यमन्त्री जवेगु

इलाम : सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले सबै राजनीतिक दल एकजुट नभए राज्य पुनर्संरचनाको काम अघि बढ्न नसक्ने बताएका छन्।
  
प्रेस सेन्टर इलामले आज आयोजना गरेको पत्रकार भेटघाटका क्रममा राज्यमन्त्री जवेगुले राज्य पुनर्संरचना अहिलेको आवश्यकता भएकाले सकेसम्म छिटो सबैले आ–आफ्ना तर्फबाट राज्य पुनःसंरचना आयोगलाई सहयोग गर्न आह्वान गरे। 
 
स्थानीय तह पुनर्संरचना आयोगले प्रतिवेदन तयार गरेपछि राजनीतिक दलको सहमतिका आधारमा स्थानीय तह पुनर्संरचनाको विवाद समाधान हुने उनको भनाइ थियो। स्थानीय निकायको निर्वाचनको तयारी सरकारले गरिरहेको समेत उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell