PahiloPost

May 24, 2026 | १० जेठ २०८३

तनहुँ पुगेर मन्त्रीले भने- 'वन जङ्गल संरक्षणमा ध्यान दिनुस्'



रासस

तनहुँ पुगेर मन्त्रीले भने- 'वन जङ्गल संरक्षणमा ध्यान दिनुस्'

दमौली : वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले वन जङ्गलको संरक्षणमा जुट्न सबैलाई आग्रह गरेका छन्।
 
तनहुँस्थित विमलनगर सिद्धगुफा विकास समितिद्वारा आयोजित स्वागत एवम् बधाई कार्यक्रममा उनले सो कुरा बताएका हुन्।
 
मन्त्री भण्डारीले कुल भू–भाग ओगटेको ४४ प्रतिशत वन जङ्गललाई संरक्षण र सम्वर्द्धन गर्न सबै लाग्नुपर्नेमा जोड दिँदै विकास निर्माणका काममा सबैले हातेमालो गर्नुपर्ने बताए।
 
स्थानीय निकाय पुनःसंरचनाका लागि आयोगले सिफारिस गरेका ५६५ मा पुनःविचार गर्न आग्रह गर्दै उनले भने, 'नगरपालिका र गाउँपालिकालाई सानो सङ्ख्यामा पुनःसंरचना गर्दा जनतालाई विभिन्न किसिमका असुविधा हुन सक्छन्, त्यसैले आयोगले त्यस तर्फ बेलैमा ध्यान पुर्‍याउनुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell