PahiloPost

Jan 17, 2025 | ४ माघ २०८१

खहरेखोलाबाट आएको बाढी पस्दा म्याग्दीमा ११ घर बगे, एक स्थानीय सम्पर्कविहीन



रासस

खहरेखोलाबाट आएको बाढी पस्दा म्याग्दीमा ११ घर बगे, एक स्थानीय सम्पर्कविहीन

म्याग्दी :  गएराति परेको वर्षापछि आएको बाढीले म्याग्दीको बेग–६ मा ११ वटा घर बगाएको छ।
 
बेनी–जोमसोम सडकखण्ड नजिकै रहेको बेगखोला बस्तीमा खहरेखोलाबाट आएको बाढीले ११ वटा घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
 
बाढीले बेगखोलामै रहेको बेनी–जोमसोम सडकमा बनाइएको बेलिब्रिज र झोलुङ्गेपुल समेत बगाएको घटनास्थलबाट जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिए।
  
राति एक्कासि बाढी पसेर बस्ती नै बगाएपछि भागदौड गरी स्थानीयले ज्यान जोगाएका थिए। प्रहरीका अनुसार स्थानीय प्रसाद सिञ्जाली सम्पर्कविहीन छन्।
 
बाढीबाट जोखिममा रहेका अन्य चार घरका परिवारलाई पनि त्यहाँबाट अन्यत्र सार्ने काम भइरहेको प्रहरी निरीक्षक गुरुले बताए। अहिले स्थानीयवासी र प्रहरीले घटनास्थलमा बेपत्ता भएका व्यक्तिको खोजी तथा सामान सुरक्षित स्थानमा सार्ने काम गरिरहेका छन्।
 
नेपाल रेडक्रस सोसाइटीका सभापति लेखबहादुर हमालको नेतृत्वमा एक टोली पनि बाढी प्रभावितको राहतका लागि राहत सामग्री लिएर त्यसतर्फ गएको छ। बाढीको विस्तृत क्षतिको विवरण सङ्कलन भइरहेको छ। फोटो रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell