PahiloPost

May 24, 2026 | १० जेठ २०८३

निर्वाचनको मिति घोषणा गर्न सर्वोच्च अदालतमा रिट दायर



रासस

काठमाडौँ : सङ्घीय प्रतिनिधिसभाको निर्वाचन र प्रदेशसभा सदस्यको निर्वाचनसम्बन्धी आवश्यक कानुन निर्माण गरी निर्वाचनको मिति घोषणा गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।
 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, व्यवस्थापिका–संसदलगायतलाई विपक्षी बनाई अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली, विमल ज्ञवाली, लिलाधर उपाध्याय र शशीकुमार कार्कीले दायर गरेको रिट निवेदनमा सो माग गरिएको हो।
 
रिट निवेदनमा भनिएको छ, “निर्वाचन क्षेत्र निर्धारण आयोग र प्रदेशको सिमाङ्कनसम्बन्धी विषयमा सुझाव दिन सङ्घीय आयोग गठन गरी सोअनुसार कानुन निर्माण गरेर सङ्घीय प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरी संविधान कार्यान्वयन गरियोस् ।” रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell