PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

भलिबल खेल विकासका लागि व्यापारीले दिए ५० हजार नगद



रासस

जुम्ला : जुम्लाको खेल विकासका लागि स्थानीय व्यापारी चन्दबहादुर खड्काले ५० हजार रुपैयाँ प्रदान गरेका छन्।
 
६ नम्बर प्रदेशस्तरीय प्रतियोगितालाई निरन्तरता दिनका लागि प्रोपाइटर खड्काले सहयोग गरेका हुन्। प्रतियोगिता १८ गते सकिएको छ। 'खेलजगत् कुनै पनि राष्ट्रको गौरव हो र खेलाडी सम्पत्ति हुन्,' सन्ध्या स्टेसनरी जुम्लाका प्रोपाइटर समेत रहेका खड्काले भने, 'नयाँ खेलाडी उत्पादन र तिनको विकासका लागि यो सहयोग गरेको हुँ।'
 
खड्काले यसअघि जेठमा अपाङ्गता भएका व्यक्तिको ह्विलचेयरका लागि र बास्केटवल राष्ट्रिय प्रतियोगिताका लागि १० हजार नगद सहयोग गरेका थिए।
 
पछिल्लो समय जुम्लामा म्याराथुनमा विश्व कीर्तिमान राखेका धावक हरिबहादुर रोकायासहित दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सफल भइरहेको समयमा भलिबल तथा फुटबलको मोह बढिरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell