PahiloPost

May 24, 2026 | १० जेठ २०८३

गोविन्द केसीको चेतावनी- 'सरकारले माग पूरा गरोस्, नत्र सत्याग्रह'



रासस

गोविन्द केसीको चेतावनी- 'सरकारले माग पूरा गरोस्, नत्र सत्याग्रह'

पोखरा : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले सरकारसमक्ष आफूले राखेको माग पूरा नभए सत्याग्रह गर्ने चेतावनी दिएका छन्।
 
आफ्ना समर्थक चिकित्सक एवम् पत्रकारसँगको भेटमा उनले प्रधानमन्त्री, स्वास्थ्यमन्त्री लगायत सरकारका उच्च अधिकारीसँग आफ्ना मागका बारेमा जानकारी गराइसकेको भए पनि हालसम्म उक्त माग पूरा गर्नेतर्फ कुनै चासो नदिएकोमा दुःख व्यक्त गरे।
  
डा. केसीले मेडिकल कलेज खोल्दै नखोल्न भनेर आफूले नभनेको भन्दै गाउँका दिनदुःखी जनतालाई बढी फाइदा पुग्ने ग्रामीण क्षेत्रमा मेडिकल कलेज खोल्न दिएको सुझाव जायज भएको दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell