PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

तेल अभिवमा भवन भत्किंदा १८ घाइते, केही भग्नावशेषभित्र पुरिए



रासस

तेल अभिव (इजरायल) : इजरायलका व्यापारिक शहर तेल अभिवमा एउटा भवन भत्किँदा कम्तिमा १८ जना घाइते भएका छन् भने पाँच जना भवनको भग्नाबशेषभित्र पुरिएका स्थानीय अधिकारीले सोमबार बताएका छन्।
 
घटनाबारे बिस्तृत खबर आउन अझै बाँकि छ।
 
प्रहरीका अनुसार निर्माणाधिन भवन भत्केर  एउटा ग्यारेजमाथि पर्दा खसेको भग्नाबशेषबाट १८ जनाले भागेर जीवन जोगाउन सफल भएका थिए भने सात जना भग्नावशेषमा पुरिएको आशंकामा उद्धार जारी राखिएको छ।
     
भग्नावशेषमा पुरिएका मध्ये दुई जनाले सम्पर्क गरेपनि उनीहरूलाई उद्धार गर्न कठिनाई भइरहेको प्रहरीले बताएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।
 
घटनापछि इजरायली टेलिभिजनले भवन भत्किएका ठाँउमा औषधि सहितका उद्धार टोलीले घाइतेहरूलाई घटनास्थलबाट स्ट्रेचरमा राखी एम्बुलेन्सको सहयोगमा अस्पताल लगेको दृष्यहरू प्रशारण गरेका थिए । रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell