PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

  • चितवनको सौराहामा सुविधायुक्त पर्यटन सूचना केन्द्र बन्ने, बसपार्क र राप्तीकिनार छनोटमा

    चितवनको सौराहामा सुविधायुक्त पर्यटन सूचना केन्द्र बन्ने, बसपार्क र राप्तीकिनार छनोटमा

    रत्ननगर (चितवन) : नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगर सौराहामा एक करोड ३१ लाख रुपैयाँको लागतमा सुविधायुक्त ‘पर्यटन सूचना केन्द्र’स्थापना हुने भएको छ ।   पर्यटक विभागमार्फत बजेट परिचालन हुने गरी केन्द्र निर्माणको प्रक्रिया थालिएको हो। चितवनमा पर्यटन सूचना केन्द्रको अभावले आएका पर्यटक उचित सूचना नपाउँदा प्रभावित हुँदै आएका छन्।    'सूचना केन्द्र निर्माणका लागि ठेक्कासमेत भइसकेको छ,' पर्यटन विभागका…

    विस्तृतमा पढ्नुस्

  • त्रिशुलीमा बस दुर्घटना भएको चार दिनपछि भेटिए तीन शव, १३ जना अझै बेपत्ता

    त्रिशुलीमा बस दुर्घटना भएको चार दिनपछि भेटिए तीन शव, १३ जना अझै बेपत्ता

    चितवन : पश्चिम चितवनको नारायणी नगरपालिका–२ भगडीस्थित नारायणी नदी किनार र नवलपरासीको त्रिवेणी ब्यारेजमा गरी आज तीन शव भेटिएको छ।  जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार नारायणी नदी किनारमा भेटिएको अन्दाजी ३०/३५ वर्षका तराई मुलका जस्ता देखिने उक्त शवको सनाखत हुन सकेको छैन। कपडामा रगत लागेको पाइएको छ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले ती शव यही शुक्रबार त्रिशूली…

    विस्तृतमा पढ्नुस्

  • ​विवाहको सुइँको पाएपछि भागेर प्रहरी चौकी पुगिन् सुनिता

    ​विवाहको सुइँको पाएपछि भागेर प्रहरी चौकी पुगिन् सुनिता

    लिवाङ : विवाहका लागि आफ्नो मञ्जुरी नभएपछि एक किशोरी प्रहरीमा उजुरी गर्न आएकी छिन्।  गैरीगाउँ–८, गाङ, रोल्पाकी १७ वर्षीया सुनिता परियारको परिवारले जबर्जस्ती विवाहको टुङ्गो लगाएको सुइँको पाएपछि न्याय खोज्दै परियार शनिबार साँझ जिल्ला प्रहरी कार्यालय रोल्पामा आएकी हुन्। आर्थिक अभावका कारण कक्षा ५ उत्तीर्ण गरेर विद्यालय छोड्न बाध्य भएकी परियारले रुँदै भनिन्, “गाउँकै १९ वर्षीय रमेश परियारसँग मेरो विवाहका…

    विस्तृतमा पढ्नुस्

  • बस दुर्घटनाको विभत्स फोटो छाप्ने आठ अनलाइनलाई प्रेस काउन्सिलले सोध्यो स्पष्टिकरण

    काठमाडौँ : प्रेस काउन्सिल नेपालले यही भदौ १० गते त्रिशूलीमा भएको बस दुर्घटनासम्बन्धी समाचारमा मृत्यु भएका मानिसको शवको विभत्स तस्बिर प्रकाशित गरेको भन्दै आठवटा अनलाइन सञ्चारमाध्यमसँग त्यसबारे जवाफ मागेको छ ।  समाजमा नैराश्य र सन्त्रास फैलाउने त्यस्ता विभत्स तस्बिरबाट पत्रकार आचारसंहिता २०६० (संशोधित तथा परिमार्जित २०६४) को दफा ४(९) को उल्लङ्घन भएको घटनाबारे प्रारम्भिक छानबिनबाट देखिएको हुँदा ती सञ्चारमाध्यमसँग जवाफ…

    विस्तृतमा पढ्नुस्

  • ​नक्कली प्रमाणपत्रधारी चिकित्सकलाई के गर्ने? कानुन स्पष्ट नहुँदा निर्णय गर्न अलमल

    काठमाडौँ : स्वास्थ्य मन्त्रालयले स्पष्ट कानुन नहुँदा नक्कली प्रमाणपत्रधारी चिकित्सकलाई के गर्ने भन्ने विषयमा अलमलमा परेको छ।  नेपाल मेडिकल काउन्सिल र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले संयुक्त रुपमा गरेको छानबिनमा तीनजना सरकारी नक्कली प्रमाणपत्रधारी चिकित्सक परेका थिए।  छानबिनमा परेका तीन जनामध्ये लुम्बिनी अञ्चल अस्पतालका नवौँ तहमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा सुनिल आचार्यमाथि भने अख्तियारले मुद्दा दायर गरेकाले स्वतः निलम्बनमा…

    विस्तृतमा पढ्नुस्

  • विनोद चौधरीको होटलछेउ गैडाको हत्या : दुई भारतीयसहित ४ लाई पुर्पक्ष

    रत्ननगर : करेन्ट लागेर गैँडा मरेको घटनाविरुद्धको मुद्दामा जिल्ला अदालत चितवनले दुई भारतीय नागरिकसहित चार जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।   जिल्ला न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले आज उक्त आदेश दिएको हो। अदालतले उक्त मुद्दामा अर्का एक जनालाई रु ५० हजार धरौटीमा रिहा गरेको छ भने अन्य चार जनालाई तारेखमा छाडिएको अदालतका सूचना अधिकारी कृष्णप्रसाद बरालले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • ​पर्यटन मन्त्री भएपछि जीवन शाहीको पनि एउटै काम : विमानस्थल अनुगमन

    काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन्।       तीन दिनअघि मन्त्रीको पदभार ग्रहण गर्दा एक साताभित्र विमानस्थलमा सुधार गर्न निर्देशन दिएका मन्त्री शाही बिहान सबेरै विमानस्थल पुगेका थिए।       त्यसक्रममा मन्त्री शाहीले विमानस्थलको उडान कक्ष, प्रतीक्षालय, शौचालय, लगेज व्यवस्थापनलगायतको निरीक्षण गरे। निरीक्षणका क्रममा पर्यटनमन्त्रीले हालको सुधारको कार्यलाई थप प्रभावकारी बनाउन कर्मचारीलाई…

    विस्तृतमा पढ्नुस्

  • ​सम्मानजनक मन्त्रालय नपाए सरकारमा जाँदैनौँ : अध्यक्ष गच्छदार

    ​सम्मानजनक मन्त्रालय नपाए सरकारमा जाँदैनौँ : अध्यक्ष गच्छदार

    काठमाडौँ : मधेसी जनाधिकार फोरम, लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सम्मानजनक मन्त्रालय नपाए सरकारमा नजाने बताएका छन्। अघिल्लो सरकारमा गच्छदार उपप्रधानमन्त्री थिए।  पत्रकार सम्मेलनमा अध्यक्ष गच्छदारले महत्वपूर्ण र आकर्षक मन्त्रालय नपाए सरकारमा नजाने बताएका हुन्। वर्तमान सरकारमा जानका लागि अब पशुपक्षी विकास, विज्ञान तथा प्रविधि, खानेपानी तथा सरसफाइ; महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय मात्र बाँकी रहेका छन् ।  साना मन्त्रालय लिएर सरकारमा…

    विस्तृतमा पढ्नुस्

  • आज बिहान फेरि त्रिशुलीमा गाडी खस्यो, सात जनाको उद्दार

    चितवन : नारायणगढ–मुग्लिन सडक खण्डको जलवीरे नजिकैबाट आज बिहान त्रिशूली नदीमा ट्रकसहित खसेका सात जनाको प्रहरीले उद्धार गरेको छ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार मुग्लिनबाट बालुवा लिएर नारायणगढतर्फ आउँदै गरेको ना३ख ४५५६ नंको ट्रक त्रिशूली नदीमा खसेको हो। ट्रक पानीमा डुबेको अवस्थामा छ। ट्रकबाट तीन बालबालिका, दुई महिला र दुई पुरुषको उद्धार गरिएको प्रहरीले जनाएको छ। …

    विस्तृतमा पढ्नुस्

  • लागुऔषध मुद्दामा फरार एक युवक पक्राउ

    लहान : लागुऔषध मुद्दामा फरार एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। सिरहाको अर्नामा प्रपी-४ का २० वर्षीय रोशनकुमार पाल पक्राउ परेका हुन्। उनी लागुऔषध कोरेक्स मुद्दामा फरार थिए।  घरमा लुकिछिपी बसिरहेको गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रहरी कार्यालय सिरहाका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए।

    विस्तृतमा पढ्नुस्

  • दुर्गम जिल्लाको पीडा : स्वास्थ्य चौकीमा औषधि नहुँदा दुई दूधेबालिकाको मृत्यु

    हुम्ला : जिल्लाको मध्यभेगमा पर्ने रोडिकोट गाविसस्थित स्वास्थ्य चौकीमा उपचार सेवा नपाएर दुई दूधेबालिकाको मृत्यु भएको छ।   मृत्यु हुनेमा रोडिकोट-८ का राजबहादुर कार्कीको आठ महिने छोरी सुशीला र सोही ठाउँ बस्ने अङ्गत कार्कीको दुई महिनाको छोरी सुस्मिता रहेका छन्। ती दुवैको निमोनिया र ज्वरोका कारण मृत्यु भएको हो।    स्वास्थ्य चौकीमा औषधि नभएकाले यो दुखद घटना भएको हो। 'स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • सिरहामा एचआइभी सङ्क्रमितको संख्या ६८ पुग्यो

    लहान : सिरहामा चालू आर्थिक वर्ष २०७२/७३ मा थप २६ जना एचआइभी सङ्क्रमित फेला परेका छन्।   एचआइभी एड्सकै कारण सिरहामा गत आर्थिक वर्षमा १२ जनाको मृत्यु भएको थियो।   जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल र सिरहा जिल्ला अस्पतालमा सञ्चालन गरेको ‘भिसिटी’सेन्टरमा जाँच गराएकामध्ये थप २६ जनामा एचआइभी सङ्क्रमित फेला परेका हुन्।   चालू आर्थिक वर्षमा…

    विस्तृतमा पढ्नुस्

  • अपडेट : त्रिशुलीमा बस खस्दा मृत्यु हुनेको संख्या २१ पुग्यो, ड्राइभर र कन्डक्टर गायब

    अपडेट : त्रिशुलीमा बस खस्दा मृत्यु हुनेको संख्या २१ पुग्यो, ड्राइभर र कन्डक्टर गायब

    नारायण अधिकारी - चितवन : रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको रात्रिबस आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डको चण्डिभञ्ज्याङ गाउँ विकास समितिको कालीखोला नजिकैबाट त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या २१ पुगेको छ। २० जनाको घटनास्थलमा र एकको उपचार क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। १७ जना घाइतेको उद्दार भएको छ।  सो बस पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्वारा सञ्चालित बस हो। ग १ ख…

    विस्तृतमा पढ्नुस्

  • नवजात शिशुको हत्या गर्ने १८ वर्षकी आमा र उनका १९ वर्षका प्रेमीलाई जन्मकैद

    नवजात शिशुको हत्या गर्ने १८ वर्षकी आमा र उनका १९ वर्षका प्रेमीलाई जन्मकैद

    पर्वत : अवैध गर्भधारणपछि जन्मेको शिशुको हत्या गरेको अभियोगमा पर्वत जिल्ला कारागारमा थुनामा रहेका प्रेम जोडीलाई पर्वत जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ।  पर्वतको नाङ्गलिबाङ्ग–४ की १८ वर्षीया सङ्गीता रेग्मीलाई शिशु हत्यामा जन्मकैदको फैसला गरेको हो भने उनका प्रेमी बागलुङ नगरपालिका–१ रामरेखाका १९ वर्षीय मनोज बोहोरालाई जन्मकैद सजाय सुनाएको हो।  पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश मोहनराज भट्टराईको एकल इजलासले मङ्गलबार…

    विस्तृतमा पढ्नुस्

  • एक महिनाभित्रै काम गरेको स्पष्ट देखिनेछ : उद्योगमन्त्री जोशी

    एक महिनाभित्रै काम गरेको स्पष्ट देखिनेछ : उद्योगमन्त्री जोशी

    काठमाडौं :  उद्योगमन्त्री नवीन्द्रराज जोशीले समुदायमा आधारित उद्योगलाई प्राथमिकता दिएर कार्यक्रम तथा नीति तयार गर्ने बताएका छन्।   शपथ लिइसकेपछि आज मन्त्रालयमा आयोजित पदस्थापन कार्यक्रममा उनले कर्मचारीलाई निर्देशन दिँदै सार्वजनिक सेवालाई जनमुखी बनाउन जोड दिए। 'जनताले अनुभूति गर्नेगरी सेवा प्रदान गर्नुपर्छ, उनीहरुले पाउने सुविधामा कमी आउनुभएन,' उनले भने।   मन्त्री जोशीले कर्मचारीले अगाडि बढाएका विषयलाई आफूले सहज तुल्याउने उल्लेख गर्दै जिम्मेवार…

    विस्तृतमा पढ्नुस्

  • 'कर्मचारीलाई कि पुरस्कार कि दण्ड'

    'कर्मचारीलाई कि पुरस्कार कि दण्ड'

    काठमाडौं : नवनियुक्त सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले कर्मचारीलाई आग्रह र पूर्वाग्रही नराखी ढुक्क भएर काम गर्न निर्देशन दिएका छन्।    सिंहदरबारमा सामान्य प्रशासन मन्त्रालयको पदभार ग्रहण गरेपछि मन्त्री बुढाथोकीले भने, 'म कुनै आग्रह र पूर्वाग्रहमा सञ्चालिन हुनेछैन। क्षमताका आधारमा काम गर्नुहोस्। मेरो साथ हुन्छ।'   योग्य र क्षमता भए पनि पहुँच नपुगेर पछाडि परेका कर्मचारीलाई अगाडि बढ्न आग्रह गर्दै उनले…

    विस्तृतमा पढ्नुस्

  • झन्डा फहराउन आएको होइन भन्दै पर्यटन मन्त्रीले गरे यस्तो निर्णय

    झन्डा फहराउन आएको होइन भन्दै पर्यटन मन्त्रीले गरे यस्तो निर्णय

    काठमाडौं : पर्यटनमन्त्री जीवनबहादुर शाहीले आफू स्पष्टरुपमा काम गर्न चाहने व्यक्ति भएकाले गाडीमा झन्डा फहराउन मात्र मन्त्रालय नआएको पनि बताएका छन्।   मुलुकको प्रतिष्ठासँग जोडिएको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा गुणस्तर खस्किएको जनगुनासो बढेका बेला पर्यटन मन्त्री शाहीले एक हप्ताभित्र विमानस्थल सुधार गर्न सम्बन्धित पदाधिकारीलाई निर्देशन पनि दिएका छन्।   'विमानस्थलको शौचालयको दुरावस्था र लगेज व्यवस्थापनलाई सुधार गर्नुस्,' उनले भने,…

    विस्तृतमा पढ्नुस्

  • यो सामान्य जिम्मेवारी होइन, राम्ररी हेक्का राख्नेछु : मन्त्री गगन थापा

    यो सामान्य जिम्मेवारी होइन, राम्ररी हेक्का राख्नेछु : मन्त्री गगन थापा

    काठमाडौं : नवनियुक्त स्वास्थ्य मन्त्री गगनकुमार थापाले आफूले कुनै गल्ती नगरी काम गर्ने र गल्ती गर्न खोज्नेलाई सहयोग पनि नगर्ने बताएका छन्।   आज मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले अहिलेको पुस्ताको प्रतिनिधि भएकाले आफूले गलत गरे सिङ्गो पुस्तालाई अन्याय हुने र आफूप्रतिको विश्वास पनि गुम्ने भएकाले कुनै गल्ती नगरी काम गर्ने बताए।   ‘मप्रतिको विश्वास भनेको एउटा पुस्ताप्रतिको विश्वास हो।…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चले माग्यो लोकमान नियुक्तिको सक्कल कागजात

    काठमाडौँ : सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई नियुक्ति गर्दाको सक्कल कागजपत्र माग गरेको छ।  न्यायाधीश दीपक कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वर खतिवडाको इजलासले आज आयोगका प्रमुख कार्कीको नियुक्तिको सक्कल कागपत्र सरकारसँग माग गरेको अदालतका प्रवक्ता नहकुल सुवेदीले जानकारी दिए। प्रवक्ता सुवेदीले तत्कालीन मुख्य अधिकृत (मुख्य सचिव) लोकमानसिंह कार्कीलाई स्पष्टीकरण पेस गर्ने सम्बन्धमा लेखिएको सामान्य मन्त्रालयको २०६३…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट फर्कने क्रममा रोल्पाका एक किशोर बाटैबाट गायब

    लिबाङ (रोल्पा) : भारतबाट घर फर्कंदा बाटैबाट बेपत्ता भएका रोल्पा जिनाबाङ-८ का १७ वर्षीय दीपेन्द्र भण्डारीको अवस्था अझै अज्ञात छ।   भारतको हिमाञ्चल प्रदेशको कोनरबाट फर्कँने क्रममा उनी साथीबाट छुटेका थिए।   २०७२ चैत २६ गते फुपाजु दीपक वलीसँग ८ मा अध्ययरत भण्डारी रोजगारीका लागि भारत गएका थिए। विद्यालय सञ्चालन भएपछि अध्ययनका नेपाल फर्कने क्रममा उनको ओत गाविस–८ रोल्पाका १८…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell