PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

एक महिनाभित्रै काम गरेको स्पष्ट देखिनेछ : उद्योगमन्त्री जोशी



रासस

एक महिनाभित्रै काम गरेको स्पष्ट देखिनेछ : उद्योगमन्त्री जोशी

काठमाडौं :  उद्योगमन्त्री नवीन्द्रराज जोशीले समुदायमा आधारित उद्योगलाई प्राथमिकता दिएर कार्यक्रम तथा नीति तयार गर्ने बताएका छन्।
 
शपथ लिइसकेपछि आज मन्त्रालयमा आयोजित पदस्थापन कार्यक्रममा उनले कर्मचारीलाई निर्देशन दिँदै सार्वजनिक सेवालाई जनमुखी बनाउन जोड दिए। 'जनताले अनुभूति गर्नेगरी सेवा प्रदान गर्नुपर्छ, उनीहरुले पाउने सुविधामा कमी आउनुभएन,' उनले भने।
 
मन्त्री जोशीले कर्मचारीले अगाडि बढाएका विषयलाई आफूले सहज तुल्याउने उल्लेख गर्दै जिम्मेवार भएर काम गर्न निर्देशन दिए।
 
कृषिमा आधारित उद्योग तथा रोजगारी प्रवर्द्धन गर्ने क्षेत्रले विशेष प्राथमिकता पाउनुपर्नेमा जोड दिँदै उनले मन्त्रालयको स्रोत र साधनको अधिकतम प्रयोग गरेर नतिजा निस्कने गरी काम गर्नुपर्नेमा जोड दिएका छन्।
 
आफूले काठमाडौं महानगरपालिकाको उपमेयर भएर गरेका सुधारका अनुभव सुनाउँदै मन्त्री जोशीले नयाँ ढाँचाका साथ काम गरेर एक महिनाभित्र मन्त्रालयमा काम भएको छ भन्ने स्पष्ट सन्देश दिन चाहेको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell